Frequently Asked Questions

STSurvey

एफ एम, रेडियो बाट जारी गरिएको NSTB / NVQS परियोजनाको आव्हान र सूचना केका लागि हो ?

यो  आव्हान विशेषत त्यसता व्यक्तिहरु जो विदेश बाट फर्किएका छन् वा जो सँग कुनै पनि व्यावसायको सीप, ज्ञान छ तर प्रमाणपत्रको अभावमा रोजगारीको अवसर प्राप्त गर्न सकिरहेका छैनन् । त्यसता व्यक्तिहरुको सूचना संकलन पश्चात उनीहरुको सँग भएको सीप र ज्ञानको विश्लेषण गरि त्यसै अनुसार उनीहरुको दक्षताको मूल्याङ्गकन गरी  प्रमाणपत्र प्राप्त गर्ने बाटो पहिल्याइ दिनको लागि यो सूचना जारी गरिएको हो ।

सीप परीक्षण बाट हामीलाई के फाइदा हुन्छ ?

यस बाट व्यक्तिहरुले जुनसुकै माध्यम, तालीम, वा कार्यगत अनुभव वा पुर्ख्यैली पेशा बाट सिकेको सीप, ज्ञान तथा क्षमताहरुको मूल्यांकन भई, नेपालको एक मात्र सीप परीक्षण गर्ने आधिकारिक निकाय CTEVT/NSTB बाट दक्षताको प्रमाण पत्र प्राप्त हुन्छ । यदी यँहाहरु सँग कुनै पनि व्यावसायको पूर्ण वा आंशिक रुपमा दक्षता छ भने पनि यँहाहरु सँग भएको दक्षताको आधारमा मूल्याङ्गकन गरि सोहि अनुरुप प्रमाणपत्र वितरण गरिनेछ । जस्ले बजारमा रोजगारीको अवसर बढाउनका साथै माथिल्लो तहको पदमा पुग्ने योग्यतालाई पनि बढाँउछ । अझ सीप परीक्षणको प्रमाण पत्रले व्यक्तिहरुमा भएको व्यावसायिक योग्यतालाई बैधानिक्ता प्रदान र्गदछ यसरी प्रदान गरिने प्रमाणपत्रहरु दक्षतामा आधारित हुनेछन् जुन अन्तराष्ट्रिय मापदण्डको आधारमा तयार गरिएको हुन्छ । त्यसैले यस्तो प्रमाण पत्रले स्वदेश तथा विदेशमा समेत मान्यता पाउँनेछन् ।

सीप परीक्षण भनेको के हो ?

तपाई सँग भएको ज्ञान, सीप तथा मनोवृति लाई दक्षताको मापदण्ड (Competency Standard) अनुसार भए नभएको जाँच (लिखित तथा प्रयोगात्मक) गरि सफल भएका परीक्षार्थिहरु लाई प्रमाण पत्र प्रदान गरिने प्रक्रिया नै सीप परीक्षण हो । अन्य देशहरुमा जस्तै नेपालमा पनि पूर्व सिकाईको मान्यता विधि वाट व्यावसायिक योग्यताको तह अनुसारको मापदण्डमा आधारित भएर दक्षताको परीक्षण गरि आंशिक वा पूर्ण दक्षताको प्रमाणपत्र प्रदान गर्ने प्रणालीको शुरुआत गरिएको छ । यस्तो विधि बाट परीक्षण गर्दा व्यक्तिहरुको व्यावसायगत सीप, ज्ञान तथा मनोवृतीको परीक्षण गरिन्छ र उनीहरुको दक्षताको स्तर अनुसार इकाइगत रुपमा आंसिक दक्षता वा पूर्ण दक्षताको प्रमाणपत्र प्रदान गरिन्छ । आंशिक दक्षता पाउने व्यक्तिले सो तहको पूर्ण दक्षताको प्रमाणपत्रको लागी बाकी रहेको दक्षताको लागी तालीम वा अरु कुनै माध्यमबाट सीप आर्जन पश्चात पुन दक्षता परीक्षण गर्न पाउनेछन् ।

त्यसको साथै NSTBले अहिलेसम्म लिइरहेको पेसागत सीपको आधारमा तह १ देखि ४ सम्मको लागी लिईने परीक्षाको प्रमाणपत्र लाई पनि सीप परीक्षण भनिन्छ । तर अब नेपालमा व्यावसायिक योग्यता प्रणाली (NVQS)को विकास सँगै पेसागत सीप को मापदण्ड मा आधारित सीप परीक्षण बाट नेपालमा पनि दक्षता मापदण्डको आधारमा लिइने सीप परीक्षण तर्फ अग्रसर भएको छ ।

सीप परीक्षण किन गर्नु पर्छ?

अहिलेको बदलिंदो परिवेशमा सीप परीक्षणको अझ भनौ योग्यताको प्रमाणपत्र एकदमै आवश्यक छ, यसले तपाईहरु सँग भएको सीप, ज्ञान एवं मनोवृतीको वैधानिक्ता प्रदान गर्दछ । अहिले विभिन्न स्थानिय तहहरुले रोजगार सेवा केन्द्रहरु मार्फत आफ्नो क्षेत्रमा भएमा दक्ष जनशतिmहरुको लगत संकलन गर्ने, तथा स्थानिय तहमा हुने पेसागत कार्यको लागि प्रमाणपत्र वाहक कामदारहरुको मात्र प्रयोग गराउने कुरालाई प्रोत्साहन गरिरहेको तथा नीजि क्षेत्र, अनौपचारिक क्षेत्र तथा सरकारी सेवामा समेत व्यवसायगत सीपको प्रमाणपत्र बाहकलाई रोजगारीको अवसरमा प्राथमिक्ता दिने हुनाले तपाईहरु सँग सीप परीक्षणको प्रमाण पत्र भएको खण्डमा तपाईहरुको रोजगारी पाउने वा रोजगारीमा भएकालाई बढुवाको सम्भावना उल्लेख्य रुपमा वृद्धी हुन्छ । साथै वैदेशिक रोजगारीमा जान चाहनेहरुको लागि पनि यस्तो प्रमाणपत्रले दक्ष कामदारको रुपमा जान पाउँदछन् ।

के सीप परीक्षण गर्ने वित्तिकै जागिर पाइन्छ?

सीप परीक्षण र प्रमाणिकरण पश्चात जागिर प्राप्त गर्ने मुल आधार तयार हुन्छ । नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको क्षेत्रलाई व्यवस्थापन, कार्यन्वयन तथा नियमन गर्ने एक मात्र आधिकारिक निकाय  CTEVT/NSTB भएको हुँदा त्यसले जारी गरेको सीप परीक्षणको प्रमाण पत्रलाई  सरकारी निकाय तथा निजि क्षेत्रले मान्यता दिन्छ त्यसैले तपाईहरुको जागिर पाउने सम्भावनालाई यसले उल्लेख्य रुपमा बढाउँछ ।

Online फारम भर्न नआएमा के गर्ने ?

यदि तपाईलाई अनलाईन फारम भर्न आएन वा तपाई मोबाईल कम्प्युटर चलाउन सक्नु हुन्न भने तपाईले अरु कोही जानेको नजिकको मानिस वा साथीभाईको सहयोग लिन सक्नुहुन्छ वा तपाईले आफनो सूचना हामीलाई फोन मार्फत टिपाउन पनि सक्नुहुनेछ ।

जानकारी भरे पछि त्यस वाट मलाई के फाईदा?

तपाईको सुचना NSTB काे सुचना व्यवस्थापन प्रणालीमा (database management system)  संकलित हुन्छ । यो सूचना लाई हामीले विश्लेषण गरि तपाईहरुलाई उपयुक्त हुने खालको सीप परीक्षण कार्यक्रम तय गर्नेछौ साथै स्व मूल्याङ्कन गराई तपाईहरुको व्यावसायिक योग्यताको तह प्राप्त गर्न कुनै दक्षताहरु कमी छ भने सोको पनि जानकारी यँहाहरुलाइ प्रदान गरि यहाँहरुले आफ्नो दक्षता वृद्धी गर्ने अवसर पाउनुहुनेछ ।

NSTB ले मलाई कहिले र कसरी सम्पर्क गर्छ?

NSTB ले तपाईलाई सार्वजनिक सूचना मार्फत वा तपाईको व्यक्तिगत नम्बरमा SMS पठाएर सम्पर्क गर्दछ ।

सीप परीक्षण कहाँ गरिन्छ?

NSTB द्वारा सात वटै प्रदेशमा तोकिएको तथा मान्यता प्राप्त गरेको सीप परीक्षण केन्द्रहरु मार्फत सीप परीक्षण र्गदछ । तपाईहरुले तोकिएका मध्ये आफूलाई पायक पर्ने सीप परीक्षण केन्द्र मार्फत सीप परीक्षण दिन सक्नुहुने छ ।

सीप परीक्षण गर्न कति पैसा लाग्छ?

सीप परीक्षण कार्यको लागि NSTB को नियमित कार्यक्रमको आफ्नै शूल्क निर्धारण गरिएको छ तर तपाईहरुको हकमा सूचना संकलन पश्चात त्यसलाई विश्लेषण गरेर तपाईहरुले दरखास्त दिने योग्यताको तहको आधारमा यथोचित शूल्क निर्धारण गरिनेछ् । त्यसको बारेमा यँहाहरुलाई दरखास्त आव्हान गर्दा जानकारी गराईनेछ ।

सीप परीक्षण दिए पछि कति समय भित्र प्रमाण पत्र पाइन्छ?

सीप परीक्षण दिए पछि थोरैमा १ महिना भित्र सो को प्रमाण पत्र प्रदान गर्न सकिने छ ।

NSTB को सीप प्रमाण पत्र वाट विदेशमा जागिर खान पाईन्छ?

CTEVT/NSTB परीक्षणको प्रमाणपत्र जारी गर्ने नेपालको एक मात्र आधिकारिक निकाय भएको हुँदा सो निकायले जारी गरेको सीप परीक्षणको प्रमाण पत्र बैधानिक हुन्छ तर्सथ सो प्रमाणपत्रको वैदेशिक रोजगारदाताहरुले मान्यता प्रदान गर्ने सम्भावना उच्च रहन्छ ।

म सँग भएको सीपको आधारमा मेरो योग्यताको तह कुन हो वा मैले कुन तहको लागि सीप परीक्षण गर्नु पर्छ भन्ने कुरा कसरी थाहा पाउने ।

तपाईहरु सँग तालीमको प्रमाणपत्र छ भने सो को आधारमा तपाई कुन तहको योग्यताको दक्षता मापदण्ड अनुसार पर्नुहुुन्छ भन्ने कुरा थाहा हुन्छ तर तपाई यदि कार्यअनुभव बाट वा अभ्यास गर्दै वा अरु अरीतिक माध्यम बाट आउनुभएको छ भने तपाई सँग भएको सीप, ज्ञानलाई दक्षता मापदण्डको आधारमा स्व मूल्याङ्कन गराई आंशिक वा पूर्ण योग्यताको तह अनुसार सीप परीक्षणको लागि प्रेरित गरिनेछ ।

वा

यदि तपाई सँग कुनै प्रमाणपत्र छ भने तपाईको कागजातको आधारमा तपाईको निम्नानुसारको तहको लागि योग्य हुनुहुन्छ ।

तह १

  • साधारण लेखपढ गर्न सक्ने तथा सम्बन्धित व्यावसायको ज्ञान सीप भई सम्बन्धित पेशामा १ वर्षको अनुभव भएको । वा
  • सम्बन्धित व्यावसायमा तालीम लिई ६ महिनाको कार्य अनुभव भएको । वा
  • सम्बन्धित व्यावसायमा कम्तिमा १ महिनाको ( १६० घण्टा) तालीम प्राप्त गरेको ।

तह २

  • साधारण लेखपढ गर्न सक्ने तथा सम्बन्धित व्यावसायको ज्ञान र सीप भई सम्बन्धित पेशामा कम्तीमा ३ वर्षको कार्य अनुभव भएको । वा
  • सम्बन्धित विषयमा १ वर्षको (कम्तिमा ६०० घण्टाको प्रत्यक्ष र ८०० घण्टाको कार्यगत) तालीम लिएको । वा
  • सम्बन्धित विषयमा तह १को सीप परीक्षण उतीर्ण भई एक वर्षको कार्य अनुभव प्राप्त गरेको ।

तह ३

  • साधारण लेखपढ गर्न सक्ने तथा सम्बन्धित व्यावसायको ज्ञान सीप भई सम्बन्धित पेशामा ५ वर्षको अनुभव भएको । वा
  • सम्बन्धित व्यावसायमा १ वर्षको तालीम लिई सम्बन्घित पेशामा २ वर्षको कार्य अनुभव प्राप्त गरेको । वा
  • सम्बन्धित व्यावसायमा तह २ को सीप परीक्षण उतीर्ण भई एक वर्षको अनुभव प्राप्त गरेको ।

तह ४ 

संबन्धीत पेशाको राष्ट्रिय सीप प्रमाणिकामा उल्लेख भए बमोजिम ।

सीप परीक्षणमा सहभागि हुनका लागि के के कागजातहरु आवश्यक पर्दछ?
  • नागरिकताको फोटोकपी १ थान
  • पासर्पोट साइजको हालसालै खिचेको एकै किसिमको २ वटा  फोटो ।
  • तालीम लिएको प्रमाणपत्रको प्रतिलिपि १ थान ।
  • अनुभवको प्रमाणपत्र को प्रतिलिपि १ थान
मैले कुनै पनि तालिम लिएको छैन तर म सँग त्यो कामको सीप छ वा मैले त्यो काम गरेको छु । अब म सीप परीक्षणमा बस्न पाउँछु वा पाउँदिन ?

यदि तपाईले तालिम लिनु भएको छैन तर तपाईले कतै काम गर्दै सिक्नु भएको छ भने पनि तपाईले काम गर्दै सिकेका सीपहरुको प्रमाण पेश गरेर  सीप परीक्षणमा सहभागी हुन पाउनुहुन्छ  । तपाईहरु जस्तो कार्यअनुभव बाट वा अन्य कुनै अनौपचारीक तवर वा पुर्ख्याैली पेशा वाट सीप जानेका व्यक्तिहरूका लागि भनेर पूर्व सिकाईको मान्यता विधि बाट सीप परीक्षण गरि प्रमाण पत्र वितरण गर्ने प्रावधान  गरिएको हो ।

सीप विकास तालिम कहाँ कहाँ लिन पाईन्छ?

अहिले विभिन्न खालका सीप विकासका कार्यक्रमहरु स्थानिय निकायले त्यस सँग सम्बन्धित क्षेत्रमा काम गर्ने निजी तथा गैर सरकारी संस्थाहरु सँगको समन्वयमा गर्दै आईरहेको छ ।CTEVT का आंगिक शिक्षलयहरु  तथा सम्बन्धन प्राप्त निजी तालिम प्रदायक संस्थाहरुले अनुदानमा वा आवश्यक शूल्क लिएर सो खालका कार्यक्रमहरु संचालन गर्दछन् । त्यसैले सो को जानकारीको लागि यहाँहरुले आफूलाई पायक पर्ने CTEVT का प्रदेश कार्यालय वा स्थानिय निकाय वा सो सँग सम्बन्धित काम गर्ने संघ संस्थामा सम्पर्क गरेर जानकारी हासिल गर्न सक्नुहुनेछ ।