डकर्मी पेशाको पूर्व सिकाई मान्यता (RPL) विधिद्वारा सीप परीक्षण सुरुवात

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, राष्ट्रिय सीप परीक्षण समितिद्वारा आज मिति २०७५ साल मंशिर २८ गते CE Construction त्रिपुरेश्वरबाट डकर्मी पेशाको पूर्व सिकाइ मान्यता प्रणाली (Recognition of Prior Learning) द्वारा तह १ र २ को सीप परीक्षण कार्य सुभारम्भ भयो । जम्मा १६ जना सहभागीहरु उक्त सीप परीक्षणमा सहभागी भएका छन् । CE Construction को सहयोगमा नेपाल व्यावसायिक योग्यता प्रणाली (Nepal Vocational Qualifications System-NVQS), राष्ट्रिय सीप परीक्षण समितिको आयोजनामा संचालित उक्त सीप परीक्षणमा सहभागीहरु २ बर्ष देखि २३ सम्मका अनुभवी कार्यरत कामदारहरु सहभागी भएका छन् । सीप परीक्षण सम्वन्धी अभिमुखीकरण समितिका उप निर्देशक श्री टैलेन्द्र आचार्य र NVQS काक्षमता अभिवृद्धि विशेषज्ञ श्री प्रतिभा जोशीले दिनु भएको थियो ।